चुनावमा गरिएका प्रतिबद्धताको मापन गर्दै वडा सम्म अभियान थाल्छौँ


कलिलै उमेरमा तत्कालिन माओवादीमा भूमिगत जीवनबाट आफ्नो राजनीति यात्रा तय गर्नुभएका प्रभावशाली युवा नेता प्रेम कटुवाल अहिलेको गठबन्धनबाट बनेको नेकपा दैलेखको पार्टी सचिवको जिम्मेवारीमा हुनुहुन्छ । युवा नेता प्रेम कटुवालसँग आजको बिशेष कुराकानी प्रस्तुत गरेका छौं ।
कसरी चलेको छ पार्टी एकता ?
पार्टी एकता लगभग टुंगोमा पुगिसकेको छ । बाँकी रहेका सामान्य मनमुटावहरु भर्खरै सकिएको प्रदेशस्तरीय प्रशिक्षण, त्यसपछि भएका बिभिन्न छलफल र बहसहरुले अव टुंगोमा पुग्ने तयारीमा छ । बिशेष गरेर नेपाल कम्युनिष्ट पार्टी दुई वटा फरक फरक नीति, विधान र सिद्धान्त बोकेका पार्टीहरुको एकता भएर नेपाल कम्युनिष्ट पार्टीको बृहत एकता भएको छ यो अवसर आम उर्जासिल कार्यकर्ताहरुका लागि कोशे ढुङ्गा सावित भएको छ । अहिले पार्टी एकता उल्लासमय ढङ्गले अगाडी बढि राखेको छ । पार्टीका अध्यक्ष आदरणिय नेता पुष्पकमल दाहाल प्रचण्ड लगायतका बिभिन्न नेताहरुले कर्णाली प्रदेशमा अगुवा कार्यकर्ताहरुका माझ थप उर्जा प्रदान गर्नुभएको छ । जिल्लाका केही समान्य असहमतिका बिषयहरु पनि छलफल र बहसबाट टुंगोमा पुग्ने तयारीमा छन् । जिल्ला कमिटीको कुरा मिलि सकेको छ, बाँकी रहेका पालिकाीस्तरको एकता प्रक्रिया जिल्लामै बसेर टुंगाउने सहमति अनुसार अव केही दिनमै एकताले पूर्णत पाउने छ । गाउँ गाउँमा एकताको अभियान मजबुद ढंगले अगाडी बढ्छ ।
सबै तहका जन वर्गिय संगठनहरुको एकता पक्रिया सकिएको अवस्था हो ?
जन वर्गिय संगठनको पनि आफ्नो नियम, बिद्यान छ उहाँहरुको केन्द्रमा कार्यदल बनेको छ । केन्द्रबाट सबै कार्यदलको जिल्ला तहको नेतृत्व मनोनयन भइसकेको छैन र केही पाँच सात वटा जन वर्गिय संगठनको जिल्लाको नेतृत्व जिल्लाको संयोजक सहसंयोजक उहाँहरु मनोनित भइसक्नु भएको छ । त्यसमा विशेष गरेर पत्रकारको संगठनको जिल्ला कमिटी समेत घोषणा भइसकेको छ । आदिवासी जनजाति मगर संघको जिल्लाको नेतृत्व र जिल्लाको कमिटी र एकताको पहिलो बैठक तथा सपथ ग्ररहण कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरी राष्ट्रिय युवा संगठनको पनि जिल्लाको नेतृत्व घोषणा भइसकेको छ । अरु सबै क्रमश घोषण हुने क्रममा छ । अव केही दिनभित्र सवै जनवर्गिय संगठनको पक्रिया पनि पूरा हुने छ । वडा तहसम्मका सवै कमिटीहरुमा एकता घोषणा र सपथ ग्रहण कार्य केही दिन भित्र सम्पन्न हुने तयारी छ ।
प्रदेश सम्म पुगेको बिवादको अंश टुंगिएकै हो ?
अहिले बिशेष गरेर पार्टी एकताको आधारभूत मापदण्ड भनेको पार्टीको अन्तरिम बिद्यागत नियमावली हो । हामीसँग एउटा राजनीतिक प्रतिवेदन छ पार्टीको अन्तरिम बिधान छ । पार्टीको नियमावली छ र दुईवटा पार्टीको आ–आफ्नो संगठनहरु थिए । त्यही मापदण्डमा हामीले पार्टी एकताका कामहरु अगाडी बढाई रहेका छौं केही साना मसिना समस्याहरु पार्टीमा देखिएका थिए । पद विभाजनमा देखिएका सामान्य समस्याहरु अहिले सवै हल हुने अवस्थामा पुगिसकेका छन् । अव पार्टी एकदमै प्रभावकारी रुपमा अगाडी बढ्छ । भर्खरै सकिएको प्रदेश भेलाले यस्ता सवै बिषयहरुको टुंगो लगाउने निर्देशन दिएको छ । अव पार्टी एकदमै प्रभावकारी रुपमा अगाडी बढ्ने मैले अपेक्षा गरेको छु ।
सातवटा स्थानहरुमा तपाँईहरु बिजयी हुनुहुन्छ ? करिव तीन वर्ष पूरा हुँदै गर्दा पार्टी एकीकरणमा केही समस्या भयो अहिले एकीकरण भैसक्दा पनि पार्टीले उहाँहरुलाई लगाम लगाउन नसकेको वा पार्टी नेतृत्वसँग समन्वय नभएको गुनासो बढेको छ नी ?
हामी अहिले दुई वटा कामको तयारी गरिरहेका छौँ पार्टी केन्द्रले निर्देशित गरेको निर्देशन अनुसार पहिलो कुरा पार्टी एकताको कामलाई स्थानीय तह सम्म र पार्टीको सर्मथक र सुभचिन्तको घर घर सम्म पु¥याउनको निम्ती तयार गरेका छौ । दोस्रो कुरा दुई ठूला पार्टीहरु एकिकृत गरेर विशाल संगठन र नेपाली जनताको भाग्य र भविष्यको फैसल गर्ने जिम्मेवारी पार्टीमा आएको छ । विगतमा दुई पार्टीले गरेका विभिन्न संघर्षको इतिहासले अहिले करिव दुई तिहाईको सरकार संचालन छ । यो अवसर जनातको निम्ति पार्टीको निम्ति पनि नेता र कार्यकर्ताको निम्ति एउटा सु–अवसर हो । यसलाई जोगाउनु र अर्को निर्वाचनमा अँझै धेरै जनमतले स्पष्ट दुईतिहाई बढीको सरकार बनाउनुपर्ने छ ।, दैलेखका ११ वटै स्थानीय तहमा बिजयि प्राप्त गर्नुपर्ने छ । यसका लागि वर्तमान निर्वाचित जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी बनाउने बिषय पनि छलफलको बिषय बनेको छ ।
जनतामा बिकासको आशा धेरै पलाएको छ, विकासमा दिगोपना बनाउनुपर्ने, जनताको माग अनुसारको विकास निर्माणको काम सम्पन्न गर्नका लागि पार्टीले बृहत खालका गौरवका आयोजनाहरु निर्माण गर्न र उहाँलाई राजनीतिक प्रशिक्षण दिने स्कुलिङ्ग गर्ने विभिन्न खालका आफ्नो तहका गौरवका आयोजनाहरु तयार गर्नका निम्ति निर्देशन गर्ने कार्यक्रमहरु पनि तयार गर्ने तयारी भैरहेको छ । निर्वाचित जनप्रतिनिधिहरुसँग यसवारे पार्टीले छलफल र बहसलाई निरन्तरता प्रदान गरेको छ । अव सवै कुरा चेन अफ कमाण्डका आधारमा संचालनका लागि पद कन्ट्रोलमा रहने, जनातको अभिमत अपेक्षा अनुसार काम गर्ने, अनुसाशन र विधिको तयार गरेर हामी वडा तहसम्म जाने तयारीमा छौं । चरणबद्ध अन्तरक्रियाले देखिएका केही समस्याहरु समाधान हुने देखिएको छ ।
पार्टीभित्रका मसिना काम गरि राख्नु भएको छ ? तपाई जस्तो उर्जाशिल युवा अहिले दैलेखको परिपेक्षमा नेकपाको पार्टी सचिव चाहिन्छ भन्ने बहस चल्दै गर्दा हिजो पार्टीले तयार पारेको घोषणा पत्र अनुसार काम भएको छैन ? कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मैले जव पार्टी सचिवको जिम्मेवारी
प्राप्त गरें जिल्ला अध्यक्ष र सचिव घोषणा हुने बित्तिकै दुई, तीनवटा पार्टी संचालनका टिओआर तयारी पारेर राखेका छौं । यसलाई जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकबाट पास गरेर कार्यान्वयको निम्ति स्थानीय सरकार सम्ममा लागू गर्ने तयारीमा छौं । पहिलो कुरा नेकपाले तयार गरेको घोषणा पत्र अनुसार हाल सम्म कति कामहरु भएका छन । त्यसको बिवरण संकलन गर्ने तयारी गरेका छौं । स्थानीय तहका जनप्रतिनिधिहरुले तत्काल पार्टी कार्यालयमा योजना अनुसारका कामको प्रगती बुझाउने भनेर हामीले उहाँहरुलाई जानकारी पठाएका छौं । प्रतिनिधिसभाका माननियहरु बिशेष गरिकन दुई क्षेत्र जितेका छांै तीन जना प्रतिनिधि सभाका माननिय हुनुहुन्छ । उहाँहरुले हाल सम्म गरेका विकासका कामहरुको अगुवाईको बिषयमा नोट गरेर बुझाई सक्नु भएको छ । प्रदेश सभाका माननियहरुले पनि आफ्नो क्षेत्रका विकासका के के कामहरु गर्नु भयो एउटा खालको नोट बनाएर तत्काल बुझाउँदै हुनुहुन्छ ।
घोषणा पत्र अनुसार बाँकी रहेका कामहरु स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको सहजिकरणमा कति वर्षमा पूरा हुन्छन् त्यसको खाका बनाएर वडा तहका जनतासम्म पुग्ने र कामको जानकारी जनतालाई गराउने तयारी छ । हाम्रा राष्ट्रिय गौरवका योजनाहरु हाम्रा प्रदेशका गौरवका योजनाहरु र स्थानीय तहका गौरवका योजनाहरु यी हुन, हामीले घोषणा पत्र अनुसारका यति कामहरु ग¥यौँ । यीयी कामहरु पाँच वर्ष भित्र गछौँ । यो सबै कुराहरु नोट बनाएर एउटा पुस्तक तयार गरेर जनता सामु ल्याउने छांै । त्यहि तरिकाले हाम्रो स्थानीय जनप्रतिनिधिहरुलाई चाहि आगामी बजेट कार्यान्वयन गर्नका निम्ति पार्टीको तर्फबाट निर्देशन गर्नेछौं ।
पार्टीबाटै बिजयी भएका केही स्थानीय सरकार प्रमुखहरुले पार्टीले पत्र पठाउँदा पनि जानकारी नदिएको भन्ने छ नी ?
उहाँहरुले दिन मान्नु भाको छैन भन्ने कुरा हैन केही जनप्रतिनिधिले दिइ सक्नु भएको छ । केहि जनप्रतिनिधिको तत्कालै परिषद पनि बस्दै छ । उहाँहरुले मागे अनुसार व्यवस्थित ढङ्गले दिने तयारीमा हुनुहुन्छ । पार्टी भन्दा माथि हामी कुनै पनि व्यक्ति हुदैनौ र हुँदैनन् । पार्टीको विधान भनेको हाम्रो सबै भन्दा महत्वपूर्ण अंग हो । हामी यसलाई बिशेष रुपमा पालना गर्ने गछौँ ।
स्थानीय तहमा सडक मोह धेरै बढेको छ ? देखिने खालका कृषि पर्यटन पूर्वाधारका प्रभावकारी कामहरु हुन सकेका छैनन्, दिगोपनाको समस्या कायमै छ ? डोजर आतंक जस्तो भएको छ ? समाधान गर्ने उपाय पार्टीले लिएको छ ।
जिल्लामा धेरै गुनासो बढ्न थालेपछि गत वर्ष देखि नै यो बिषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मार्फत पनि डोजर प्रयोगलाई निरुत्साहित गर्न सम्वन्धित सवैलाई निर्देशन दिने काम भएको छ । स्थानीय तहमा गरिने सडक निर्माणका कामहरु अल्पकालिन जस्तो देखिएको छ । कतिपय आवश्यकता भएका स्थानमा मात्र सडक खन्ने काम गर्ने र खनिएका सडहरुको स्तरोन्नती गर्ने बारेमा पार्टी पनि सचेत छ ।
हरेक बर्षायाममा पानीले सबै सडक बगाएर लैजाने अनि बोटो कुलो जस्तो देखिने स्थिति नआओस भनेर सबै भन्दा पहिला हाम्रा जनता, जनप्रतिनिधिहरुलाई दिर्घकालिन हिसाबले विकासमा अलिकति सोच विचार गरेर विकास कार्यमा लाग्न निर्देशन दिएका छौं ।
दैलेखका ८८ वडाहरुमा सडक पुगेको छ । नौमूले गाउँपालिको वडा नं. ३ र आठविसको न.पा. पिपलकोटमा वडा तहसम्म सडक पुगेको छैन् । अवको महत्व सडकको स्तर बृद्धि गर्ने र सडकलाई दिर्घकालिन बनाउने भू–क्षय कम गराउने भन्ने तर्फ हाम्रो पनि ध्यान गएको छ । आगामी वर्षका नीति तथा कार्यक्रमहरुमा यस्ता बिषयहरुलाई महत्वका साथ उठान गराउन पार्टीबाट पनि सहजिकरण गर्ने गरी काम थालनी गर्ने तयारीमा छौं ।
विकासको सन्र्दभमा हामी गाउँ बस्ती समुदायलाई आत्मा निर्भर गर्दै कृषिमा नयाँ खालका योजनाहरु ल्याउँदै बिशेष गरेर जनतालाई बाह्रै महिना खान पुग्नको लागि र आत्मा निर्भर हुनको लागि कसरी अगाडी बढ्ने भन्नेमा बिशेष जोड दिनु पर्छ हाम्रो पार्टी यही अभियानमा छ ।
सुशासन हराउँदै गएको छ ? सरकारले आफुले गरेका कामहरु गौरवका साथ जनतालाई भन्नु पर्नेमा सार्वजनिक सुनुवाई गर्न पनि डरमान्ने अवस्था आयो ?
२० वर्ष पछि स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन मात्र हैन स्थानीय तह एउटा भूगोलको पुन संरचना भइरेहको छ त्यस्तो स्थितिमा हामीले घोषणा पत्र निर्माण ग¥यौँ । हामीले जनताको विकास निर्माण र राम्रो काम गछौँ भनेर एउटा खालको अपेक्षा चुनावी कार्यक्रममा बोल्यौं । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहको संरचना तयार गर्नु पर्ने पहिलो आवश्यकता भयो । बिगत एक वर्ष सम्म चाहि स्थानीय तहका संरचना तयार गर्नुपर्ने स्थानीय तहका नियम कानूनहरु अध्ययन गर्नुपर्ने उहाँहरुले सिक्नु पर्ने भयो । दोस्रो वर्ष स्थानीय तहको संरचना सँगै नयाँ खालका अनुभवहरु आवश्यकतालाई पूरा गर्नका निम्ति जनप्रतिनिधि अगाडी बढ्नु पर्ने थियो । उहाँहरु अलि कति अलमल भएको देखिन्थ्यो । अहिले स्थानीय तहका कामहरु स्थानीय तहको संरचनाहरु धेरै व्यवस्थित भईसकेको हुँदा हाम्रो पार्टी एकीकरणको अन्तिम चरण सकिएपछि अब एउटा खालको परिणाममुखी पार्टीका कार्यक्रमहरु र स्थानीय सरकारका कामहरु अगाडी बढाउने योजना तयारी गरेका छौं । सबै स्थानीय सरकारहरुले आफुहरुले गरेका कामहरु जनतालाई खुलेर जानकारी दिनुपर्ने देखिन्छ भने , जनताहरुले पनि राम्रा कामहरुको पक्षमा र बिग्रन थालेका कामहरुमा खवरदारी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
तपाई लामो समय भूमिगत सेनामा रहेर काम गर्नुभयो ? यो परिवर्तन आउँला शान्ति आउँला या संघीयता आउँला र घरघरमा सिंहदरवार आउँला भन्ने अपेक्षा थियो कि थिएन ? हामीले जसरी राजनीतिक बैचारिक हिसाबले विद्यार्थी जिवनबाट पार्टीको क्रान्तिकारी राजनीतिमा प्रवेश गर्दा अवश्य पनि हामीले केही कुराहरु क्रान्तिकारी पार्टी क्रान्तिकारी विचार र पार्टीले देखेको एउटा शासन सत्ता र सपनाको बिषयमा हामीले अध्ययन गरेरै क्रान्तिकारी पार्टीमा प्रवेश गरेकै हौँ । त्यतीवेलाको नेकपा माओवादीलाई राष्ट्र समाज र जनतामा स्थिापित गराउनु थियो । तत्कालिन राज्यले जसरी दम गरेको थियो सोही आधारमा म विद्यार्थी राजनीतिबाट २०५७ मा जनमुक्ति सेनामा गएँ, हामीले जुन सपना बोकेका थियौं अहिले त्यही प्रकारको सफलता प्राप्त गरेका छैनौं तर समाजवाद ल्याउनका लागि केही तयारीहरु गरेका छौं । हामी हिजोका आवश्यकतालाई बुझ्दै अहिलेको आवश्यकता फेरिएको छ । अहिले नेकपाको उद्देश्यमा जनतालाई समर्पीत गर्ने यात्रा अहिलेपनि जारी छ । विश्वास थियो यो परिवर्तन सम्भव छ जनताको शासन गाउँ गाउँमा सिंहदरवार बनाउने आशा थियो त्यो अहिले पूरा भएको छ । अव यो मुलुकको आर्थिक अवस्था सुधार गर्नु छ, सुखी नेपाली समृद्ध नेपालको नारा अगाडी बढाउनु छ , सुशासन कायम गर्नु छ, ठूला ठूला विकासका योजनाहरु पूरा गर्नु छ ।
सम्झनुपर्ने केही घटनाहरु छन् ?
मैले बाल्यकालमै आमा गुमाएको हुँ, घरमा मेरो बुवाले स्कुलमा दोस्रो हुँदा विद्यालय पढ्न नपाउने अवस्था थियो । जनमुक्ति सेनामा हुँदा मलाई पार्टीले ठूला ठूला योजनाको निर्माणको जिम्मेवारी दिन्थ्यो मैले त्यसलाई सकुशल रुपमा पूरा गरेको छु । आशा छ अहिलेपनि नेकपामा पाएको यो जिम्मेवारी सकुसल पूरा गर्ने छु भन्नेमा म सवैलाई बिस्वास दिलाउन चाहन्छु । जीवन किताव हो कथा हो त्यही तयारी पनि गर्नुपर्नेमा मैले विचार गरेको छु ।
पार्टी भित्र बिभिन्न खेमाहरु वडा तहसम्म पुगेको अवस्थामा तपाँई तत्कालिन माओवादी तर्फबाट पार्टी सचिव हुनुभएको छ । आगामी दिनमा अँझै धेरै सफलतामा पु¥याउन के गर्नुहुन्छ ?
मैले आफ्नो काम गर्नुभन्दा पहिला दुर्व तर्फ सोधपुछ गर्छु, हिजो जहाँ अफ्ठेरो हुन्थ्यो त्यहाँ मलाई पार्टीले पठाउँथ्यो, स्थानीय निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले नराम्रो गरि हार व्यहोरेपछि मलाई पार्टीले जिम्मेवारी सम्हाल्न आदेश ग¥यो म दैलेख आएँ, मलाई संयोजकको जिम्मेवारी प्राप्त भयो, यसलाई मेरो अवसरको रुपमा लिएर संगठन विस्तारमा लागें पुनः सशक्तिकरणका अभियानहरु थालें, यासो गर्दै गर्दा गठबन्धन घोषणा भयो, सविक एमालेका अध्यक्ष लगायतका सवै कमरेडहरुलाई निर्वाचित गराउन नेकपाले प्रदेश र केन्द्रका सवै सिट बिजयी भयौं । हामीले साविक दुई पार्टीका नेताहरुको व्यवस्थापनको लागि लिष्ट तयार गरेका थियौं । सवैसँग छलफल गरेर गरिएका एकताहरुमा केही समस्या आएपनि अहिले सवै बिवाद समाधान भैसकेका छन् । अव समग्र जनतामा एकताको भाव वडा तहसम्म लैजाने तयारीमा छौं ।
अव दैलेख नेकपालाई कुनै पनि स्थानमा हार्ने छुट छैन भनेर भन्यो भने के हुन्छ ? जनतामा भने निराशा पनि बढ्दै छ ?
यो हाम्रा लागि चुनौती सँगै निकै महत्वपूर्ण अवसर पनि हो । ९० वडा र ११ तहमा हामीले अधिकत रुपमा परिणामुखि बनाउनका लागि हरेक वडा कमिटी, टोल कमिटी, जनवर्गिय संगठनहरुले विकास र समृद्धिका लागि घर घरमा अभियान सुरु गर्नुहुने छ । मैले माथि भनेझै हाम्रो घोषणाहरु जनताका सामु लगेर यसलाई व्यापक प्रचार प्रसार गर्दै कही कतै समस्याहरु देखिएभने जनतासँगै बसेर समाधान गरेर पार्टी निर्माणमा लाग्नेछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार